Sunday May 19, 2024
BS 2081 Jestha 6
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

वान बेल्ट वान रोड: नेपालले पठायो चीनलाई जवाफ

Feb 22, 2017 under Current Affairs 114 , Business/Economy 516 , National 834

काठमाडौं: à¤¸à¤°à¤•à¤¾à¤°à¤²à¥‡ चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणासम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा चीनलाई जवाफ पठाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत ‘वान बेल्ट वान रोड’ (ओबीओआर) अवधारणाबारे नेपालको धारणासहित चीन सरकारलाई हालै जवाफ पठाइएको हो ।

चीनले ओबीओआरमा नेपालको सहभागितासम्बन्धी समझदारी पत्रमा हस्ताक्षरका लागि आग्रह गर्दै अहिलेको सरकार गठन भएलगत्तै पत्र लेखेको भए पनि सरकारले त्यसमा कुनै प्रतिक्रिया नदिँदा चीन रुष्ट थियो । ‘सात महिनासम्म हामीले जवाफ नदिएकोप्रति चिनियाँ पक्षले विभिन्न कोणबाट असन्तुष्टि जनाइरहेको थियो । अन्ततः ढिला गरी भए पनि ओबीओरमा हाम्रो सहभागिताबारे चीनलाई सरकारको धारणासहित जवाफ लेखेका छौं’, जानकार एक उच्च सरकारी अधिकारीले अन्नपूर्णसँग भने, ‘हाम्रो जवाफमा चिनियाँ पक्षले प्रतिक्रिया दिएपछि कुन तहमा समझदारीपत्रमा हस्ताक्षर गर्ने भन्ने निक्र्याेल हुनेछ ।’

उक्त अवधारणाप्रति नेपालले ‘मौनता’ साँधेपछि चीनले कूटनीतिक च्यानलबाट तीव्र असन्तुष्टि जनाएको थियो ।चीनले प्रायःजसो राजनीतिक तथा कूटनीतिक तहमा भएका औपचारिक/अनौपचारिक द्विपक्षीय बैठकमा वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपालको सहभागिताबारे सरकारको ठोस धारणा माग्दै आएको थियो ।

परराष्ट्र मन्त्रालयमै ओबीओरसम्बन्धी समझदारी पत्रको फाइल अड्केपछि प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसँग सोधेको थियो ।सन् २०१४ डिसेम्बरमा नेपालले ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन सैद्धान्तिक खालको प्रारम्भिक समझदारी पत्रमा चीनसँग हस्ताक्षर गरेको थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले नेपालमा लगानी गर्ने परियोजना वान बेल्ट वाड रोड अवधारणाभित्र रहेर कार्यान्वयन गर्ने सहमति भएको थियो ।

उक्त चिनियाँ अवधारणामा पूर्णरुपमा सहभागी हुन चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।नेपालले ओबीओरबारे अहिले पठाएको समझदारी पत्रको जवाफपछि चीनले के जवाफ दिन्छ अनि मात्रै समझदारी पत्रमा हस्ताक्षरबारे टुंगो हुन्छ,’ जानकार अर्का सरकारी अधिकारीले भने ।

यदि, नेपाल वान बेल्ट वाड रोड अवधारणामा सहभागी भयो भने चीनले नेपालमा सडक र रेलसञ्जाल निर्माण, बन्दरगाह, विद्युतीय प्रसारण लाइन निर्माणलगायतमा अर्बौंको आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसका लागि चीनले सिल्क रोड फन्ड, चिनियाँ लगानीमा खुलेको एसियन इन्भेस्टमेन्ट इन्फ्रास्ट्रक्चर बैंकमार्फत नेपाललाई ऋण तथा अनुदान सहयोग उपलब्ध गराउनेछ ।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले ‘वान बेल्ट वान रोड’ अवधारणा घोषणा गरेका थिए । उक्त अवधारणामा हालसम्म विश्वका ४० देशले सहभागिताका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् भने अन्य ६० देशले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् ।चीन, एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुकबीच जमिन, हवाई तथा समुद्री मार्गबाट एकापसमा जोडिएर भौतिक रेल, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तरदेशीय विद्युतीय ट्रान्समिसन लाइन निर्माण गर्ने र आर्थिक विकास गर्नु अवधारणाको मुख्य ध्येय हो । यसका लागि चीनले अर्बौं डलरको ऋण तथा अनुदान सहयोग बेल्ट एन्ड रोड अवधारणामा सहभागी हुने मुलुकलाई उपलब्ध गराउनेछ ।

Annapurnapost.com
No news.
Australian Dollar to Nepalese Rs